छिट्टै घर पठाएको भन्दै महिला कर्मचारीद्वारा चक्कु हानेर म्यानेजरको हत्या
सारांश
- मिशिगनमा म्याकडोनाल्डकी एक कर्मचारीले म्यानेजरको हत्या गरेकी छिन्।
- २६ वर्षीया अफेनी मुहम्मदले म्यानेजर जेनिफर ह्यारिसलाई १५ पटक छुरा हानेकी थिइन्, जसका कारण उनको मृत्यु भयो।
- कामबाट छिट्टै घर पठाएपछि रिसाएकी अफेनीले म्यानेजरलाई धम्की दिएको भिडियो पोस्ट गरेकी थिइन्।
मिशिगन । अमेरिकाको मिशिगनमा म्याकडोनाल्डकी एक महिला कर्मचारीले रिसको आवेगमा चक्कुले हानेर म्यानेजरको हत्या गरेकी छिन् ।
अफेनी मुहम्मद नामकी २६ वर्षीया महिलाले आफ्नी म्यानेजर ३९ वर्षकी जेनिफर ह्यारिसमाथि एकपछि अर्को गर्दै १५ पटक छुरा प्रहार गरेकी थिइन् । चोटकै कारण उनको मृत्यु भएको बताइएको छ । यो घटना जुलाई १२ को हो । म्यानेजरले बारम्बार कामबाट छिट्टै घर पठाएपछि अफेनी रिसाएकी थिइन् ।
घटनाको एक दिनअघि जुलाई ११ मा अफेनीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा भिडियो सेयर गरेकी थिइन् । यसमा उनी रिसाउँदै आफ्नी म्यानेजर जेनिफर ह्यारिसबारे कुरा गरिरहेको देखिन्छिन् । डेली मेलको एउटा समाचार अनुसार घटनाको एक दिनअघि अफेनीले एउटा भिडियो पोस्ट गरेकी थिइन्, जसमा उनले ३९ वर्षीया ह्यारिसलाई धम्की दिएको आरोप लगाएकी थिइन् । आफ्नो काम चित्त नबुझेर म्यानेजरले छिट्टै घर पठाइएकोमा उनी रुष्ट देखिन्थिन् ।
‘मलाई हिजो पनि छिटै घर पठाइयो । आज पनि उसले मलाई चाँडै घर पठाइ । म भन्दैछु उ साह्रै खत्तम छे, यो कुनै ख्याल ठट्टा होइन,’ भिडियोमा अफेनीले भनेकी छिन् ।
आक्रमणपछि अफेनी रेस्टुरेन्टबाट भाग्न खोजेकी थिएन् । तर त्यही खान आएका एक ग्राहकले हावामा गोली चलाएर चेतावनी दिए अनि प्रहरी नआउँदासम्म उनलाई गनप्वाइन्टमा समातेर राखिराखेको अधिकारीले भनेका छन् ।
ह्यारिसलाई तत्कालै अस्पताल लगिए पनि उनी बाँच्न सकिनन् । अफेनीले मास्क लगाएर आएको अनि हात मात्रै देखिने गरी लुगा लगाएको एक प्रत्यक्षदर्शीले बताएका छन् । अफेनीलाई शुक्रबार अदालतमा पेस गरिएको थियो । अदालतले उनीविरुद्ध हत्याको मुद्दा दर्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण