काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
सारांश
- काठमाडौँ भ्यु टावर निर्माणका व्यवसायी मनोज भेटवालका साझेदार नरेश कुमार चेङवाङ न्युरोडबाट पक्राउ परेका छन्।
- चेङवाङलाई ४ करोडको बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो, चेक बाउन्स भएपछि मुद्दा दर्ता भएको हो।
- यसअघि, भेटवाल पनि बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका थिए र हाजिर जमानीमा रिहा भएका थिए।
काठमाडौँ । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवालका साझेदारलाई प्रहरीले पक्राउ गरेको छ । व्यापारिक साझेदार नरेश कुमार चेङवाङ काठमाडौँको न्युरोडबाट पक्राउ परेका हुन् ।
तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर–४ घर भएर न्युरोड बस्ने चेङवाङलाई न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ४७ वर्षीय चेङवाङविरुद्ध असार ६ मा काठमाडौँ जिल्ला अदालतले ४ करोडको बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । सिन्धुली घर भएका राजकुमार बराललाई उनले दिएको ४ करोडको चेक बाउन्स भएको र त्यसबिरुद्ध बैङ्किङ कसुरको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता भएको थियो ।
यसअघि असार १३ मा सो टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका थिए । १० करोड बिगो भएको बैंकिङ्ग कसुर मुद्दामा अदालतले भेटवाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएसँगै ६ दिन हिरासतमा बसेर उनी रिहा भएका थिए ।
नरेशकुमार चेङवाङ पनि जलेश्वर बिकोई विलडर्स प्रालिमा आबद्ध रहेको र भेटवालको व्यवसायिक साझेदार रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण