आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

पाँच मुक्तक

सोमबार, ३० असार २०८२, १७ : १७
सोमबार, ३० असार २०८२

कोही मान्छे व्यवहारमा निर्भीक बन्छ
जहाँ सकारात्मक सोच अमृत सर्छ
पापीले देवता देख्दा के नै पो हुन्छ
पहिला आफू चिन समृद्धि त्यही पर्छ ।
००

सबै समस्याले बाटो रोकिँदैन
मायाले मात्र सबै दुःख टारिदिँदैन
रिस र पीडा सहन जानेकाले 
कहिल्यै अरुको भर पर्न चाहँदैन ।
००

दुई हातले ताली बजाउँ भन्थेँ
दुई डुङ्गामा गोडा नराख भन्थेँ
दुई ढुङ्गाको तरुल च्यापिन्छ हेर
स्वच्छ स्पन्दनमा रमाउँ भन्थेँ ।
००

गर्नु गर्‍यौ उपेक्षा, अब गर्न छाडिदेउ
बाहिर ठिक्क भित्र दिक्क पार्न छाडिदेउ
सुन्दर फूलको बगैँचामा हाँस्न जानेनौ
फेरि घुमी फर्किंदा, मर्म बुझिदेउ ।
००

मेरो ज्ञान तिमीसँग नहुन सक्छ आज
आउ बाँडौँ ज्ञान सबै उन्नतिको साज
भगवान्ले समान भाग्य दिन्नन् सबैलाई 
कर्म जस्तो गर्छ त्यस्तै फल पाउला साथ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शान्ता भट्ट (देवकोटा)
शान्ता भट्ट (देवकोटा)
लेखकबाट थप