अमेरिकामा दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु
सारांश
- लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको छ।
- दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो।
- भारी वर्षाका कारण कार अनियन्त्रित भई रुखमा ठोक्किएर आगलागी भएको थियो।
लुइसियाना । अमेरिकाको लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। लुइसियाना स्टेट पुलिसले सडक दुर्घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन् । यो दुर्घटना गत जुलाई १३ भएको हो।
लुइसियाना स्टेट पुलिसका अनुसार, भारी वर्षा भइरहेको बेला यादवले यूएस हाइवे ८० मा होन्डा अकर्ड चलाइरहेका थिए, जसमा ओली र अन्य दुई जना यात्रु थिए। प्रहरीका अनुसार, कार सडकबाट बाहिरिएर एउटा रुखमा ठोक्कियो र त्यसपछि आगलागी भएको थियो।
प्रहरीले यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र उनीहरूले सिटबेल्ट लगाएका थिए वा थिएनन् भन्ने कुरा खुल्न नसकेको बताएको छ। कारमा रहेका अन्य दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। प्रहरीले टक्सिकोलोजी नमूनाहरू सङ्कलन गरी विश्लेषणका लागि पेस गरिने बताएको छ।
यता, लुइसियाना टेक युनिभर्सिटीले जुलाई १४ मा यस दुखद घटनाबारे एक विज्ञप्ति जारी गरेको थियो। लुइसियाना टेकका अध्यक्ष जिम हेन्डरसनले फेसबुकमा दुर्घटनाबारे जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण