हेटौँडामा प्रहरी अस्पताल शिलान्यास
सारांश
- हेटौँडामा बागमती प्रदेश सरकारको सहयोगमा प्रहरी अस्पताल शिलान्यास गरिएको छ।
- आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पताल शिलान्यास गर्दै स्थानीय बासिन्दा पनि लाभान्वित हुने बताए।
- अस्पताल निर्माणका लागि ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको छ।
हेटौँडा । हेटौँडामा प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा मंगलबार बिहान प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माणको शिलान्यास गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा बागमती अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गरेका हुन् । अस्पताल शिलान्यासपछि मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दासमेत लाभान्वित हुने बताए । प्रदेशको सुरक्षाको विषयमा सरकार गम्भीर रहेकाले नागरिक तथा प्रहरीलाई लक्षित गरेर अस्पताल निर्माण थालिएको उनले बताए ।
बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने आयोजनाअन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभागको कक्ष, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिप बोरिङ, पार्किङलगायतका अस्पतालका संरचनाहरु पहिलो चरणमा बन्नेछ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शय्याको अस्पताल बनाउने योजना अनुसार पहिलो चरणमा १५ शय्याको अस्पताल निर्माण थालिएको हो ।
आगामी २०८३ पुस १८ गतेभित्रमा सम्पन्न गर्नेगरी मूल्य अभिवृद्धि करसहित ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो ।
अस्पताल भवनको पहिलो चरणको निर्माण पूरा भएपछि अन्तरङ्गसँगै बहिरङ्ग सेवा सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायव उपरीक्षक डा. प्रयास बिडारीले बताए ।
हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौँडा १५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
-
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण