भक्तपुरसहित विभिन्न स्थानमा ७ जना मृत फेला
मङ्गलबार, ३१ असार २०८२, १३ : १५
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- रूपन्देही, ओमसतिया गाउँपालिका-४ बस्ने आलमगिर अलिको छोरा १३ वर्षीय सैजाद अलि र इसमाइल अलिको छोरा १३ वर्षीय सजिम अलि सोही गाउँपालिका-४ गुजपुर्वास्थित रोहिणी खोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- जाजरकोट, भेरी नगरपालिका-११ मटेला बस्ने ४४ वर्षीया बिमला विक आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- झापा, दमक नगरपालिका-९ बस्ने सुमन धिमालको छोरा ११ वर्षीय रमन धिमाल सोही नगरपालिका-९ सानुअर्ना खाडीस्थित बेतेनी खोला र भुत्रे खोलाको दोभानमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- धनुषा, शहिदनगर नगरपालिका-७ ताराटोल बस्ने ४० वर्षीय जितन साह सोही ठाउँस्थित खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- कञ्चनपुर, कृष्णपुर नगरपालिका-१ दोमिल्ला श्रीपुर बस्ने ६२ वर्षीय धवल राम सार्की सोही ठाउँस्थित खार खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- भक्तपुर, भक्तपुर नगरपालिका-५ खसिबजार बस्ने ६८ वर्षीया कुल्सुम निसा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- बर्दिया, बारबर्दिया नगरपालिका-१० कपास फारम कत्हवा टोल बस्ने ७३ वर्षीय तिन्का प्रसाद थारू सोही नगरपालिका-१० स्थित कुन्दर जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण