कोसी प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण
मङ्गलबार, ३१ असार २०८२, १४ : ०८
सारांश
- कोशी प्रदेश प्रमुख परशुराम खापुङले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।
- प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएका हुन्।
- प्रमाणीकरण गरिएका विधेयकहरूमा आर्थिक वर्ष २०८२/०८३ को बजेट र अन्य प्रदेश ऐन संशोधन सम्बन्धी रहेका छन्।
काठमाडौँ । कोसी प्रदेश प्रमुख परशुराम खापुङले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस आएको विधेयकहरू उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।
जसअनुसार कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२, आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि कोसी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०८२ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२ प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण