महोत्तरी दुर्घटना : मन्त्रीको छोरा र स्कुटर चालकको उपचार हुँदै
सारांश
- महोत्तरीको जलेश्वरमा मन्त्रीका छोराले चलाएको कार दुर्घटना हुँदा स्कुटर चालक घाइते भए।
- दुर्घटनामा स्कुटरलाई कारले ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएको हो।
- घाइतेहरुको उपचार भइरहेको छ र प्रहरीले दुर्घटनामा परेका सवारी साधन नियन्त्रणमा लिएको छ।
काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा आइतबार साँझ मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीका छोराले चलाएको कार दुर्घटनामा परेको थियो । बा.१५ च ५२३३ नम्बरको कारले प्रदेश–२–००–००२ प ८८५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक श्याम कुमार शर्मा गम्भीर घाइते भएका थिए ।
जलेश्वरबाट भिट्टामोडतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको कारले ठक्कर दिएको हो । स्कुटर चालकको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेर कार चालक सुमित शर्मा पनि घाइते भए । कार चालकको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र कुमार खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘दुवैजनाको उपचार हुँदै छ ।’
कारमा सुमित शर्माकी पत्नी र छोरा पनि सवार थिए । कार र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । डीएसपी खड्का भन्छन्, ‘दुवैजना अहिले उपचारमै हुनुहुन्छ, दुर्घटनामा संलग्न सवारी साधन हामिले नियन्त्रणमा राखेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण