करेन्ट लागेर एक जनाको मृत्यु
मङ्गलबार, ३१ असार २०८२, २० : १५
सारांश
- रौतहटको मौलापुरमा करेन्ट लागेर १४ वर्षीय नरेन्द्र पटेलको मृत्यु भएको छ।
- पटेलको आफ्नै खेतमा धान रोपाइँका लागि पानी तान्ने क्रममा करेन्ट लागेको थियो।
- प्रहरीका अनुसार, उपचारका क्रममा शान्ति पोलिक्लिनिकमा उनको मृत्यु भएको हो।
रौतहट । रौतहटको मौलापुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा नरेन्द्र पटेलको मृत्यु भएको हो ।
आफ्नै खेतमा धान रोपाइँका लागि विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । करेन्ट लागेर घाइते भएका निजको उपचारका क्रममा मौलापुरस्थित शान्ति पोलिक्लिनिकमा मृत्यु भएको हो ।
केही दिनयता रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण