अपडेट
सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ भोलि दिउँसो ३ बजे
मङ्गलबार, ३१ असार २०८२, २२ : ०८
काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ भोलि (बुधबार) दिउँसो तीन बजे तय भएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस पक्ररणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले आजमात्रै न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । मन्त्री न्यौपानको शपथ भोलि दिउँसो तय भएको बालुवाटार स्रोतले जनाएको छ ।
घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएसँगै प्रधानमन्त्री केपी ओलीले न्यौपानेलाई मन्त्रीको जिम्मेवारी दिएका हुन् ।
मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभा निर्वाचनमा भने विजयी भएकी थिइन् । उनको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल भने आगामी फागुनमा सकिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण