गोपाल श्रेष्ठको नेतृत्वमा सुनसरी उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति
सारांश
- सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा गोपाल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।
- गोपाल श्रेष्ठले शिवराज श्रेष्ठलाई पराजित गर्दै १ हजार ६ सय ५ मत प्राप्त गरे।
- विभिन्न पदका लागि कृष्ण प्रसाद पाठक, वर्षा अग्रवाल श्रेष्ठलगायत विजयी भए।
सुनसरी । सुनसरी उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा गोपाल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार उनले १ हजार ६ सय ५ मत प्राप्त गर्दै शिवराज श्रेष्ठलाई ९ सय ५८ मतको फराकिलो अन्तरले पराजित गरे। शिवराज श्रेष्ठले ६ सय ४७ मत मात्र प्राप्त गरेका थिए।
उद्योग सदस्यतर्फ कृष्ण प्रसाद पाठक, प्रभाव खतिवडा, विष्णु बराल र महेन्द्र प्रधान विजयी भएका छन्।
यस्तै, वाणिज्य महिलातर्फ वर्षा अग्रवाल श्रेष्ठ, वाणिज्य सदस्यतर्फ नवीनराज भण्डारी, अमित अग्रहरी, शैलेस कुमार आचार्य (प्रमोद), राम स्वरूप शर्मा, जयप्रकाश शर्मा, विवेक अग्रवाल, शशी साह विजयी बने।
एसोसिएट तर्फ ललित अग्रवाल, राजु साह र राजेश अग्रवाल विजयी हुँदा उद्योग महिलातर्फ मिना राई (मगर) र बस्तुगततर्फ नवीनकुमार तामाङ तथा नारायण लिम्बू निर्विरोध निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण