शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल आषाढ ३२ गते । बुधबार । ईश्वी सन् २०२५ जुलाई १६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–षष्ठी, ३७ घडी १८ पला, बेलुकी ८  बजेर १४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पूर्वाभाद्रपदा, १ घडी ५२ पला, बिहान ६ बजेर ४ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–शोभन, १९ घडी १ पला, दिउसो १२ बजेर ५६ मिनेट उप्रान्त अतिगण्ड । करण–गर, बिहान ९ बजेर १५ मिनेट उप्रान्त वणिज, बेलुकी ८ बजेर १४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मीन ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी १० पला ।  

आजको बार बेला ।  

बिहान ५ बजेर १९ मिनेटसम्म लाभ बेला ।

बिहान ५ बजेर २० मिनेटदेखि बिहान ७ बजेर २ मिनेटसम्म अमृत बेला ।

बिहान ७ बजेर ३ मिनेटदेखि बिहान ८ बजेर ४४ मिनेटसम्म काल बेला ।

बिहान ८ बजेर ४५ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म शुभ बेला ।

बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म रोग बेला ।

मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५२ मिनेटसम्म उद्धेग बेला ।

दिउसो १ बजेर ५३ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म चर बेला ।

दिउसो ३  बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १७ मिनेटसम्म लाभ बेला ।

बेलुकी ५ बजेर १८ मिनेटदेखि बेलुकी ८ बजेर १७ मिनेटसम्म उद्धेग बेला ।

नोट: शुभ कार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो १२ बजेर ९ मिनेटदेखि दिउसो १ बजेर ५१ मिनेटसम्म राहुकाल रहनेछ ।

नोटः राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४३ मिनेटदेखि बिहान ४ बजेर ३१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरू कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाढाको यात्रा हुने भए पनि यात्राको क्रममा दुःख पाइनेछ । शरीरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा बिलासी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तर पनि विदेशमा बसेर काम गर्नेहरूका लागी वा विदेशी सामानको व्यापार गर्नेहरूका लागी समय राम्रो रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा पुँजी बजारमा गरिले लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा  लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । तर पनि वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

औद्योगिक क्षेत्र, शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समयले साथ दिने हुनाले व्यापारमा सानो लगानीबाट पनि नाफा कमाउन सकिनेछ । शेयर बजारमा आज गरिने लगानी भविष्यको लागी आम्दानीको गतिलो स्रोत बन्नेछ । जागिर वा अध्ययनमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । फिल्मी क्षेत्र वा मनोरञ्जनात्मक क्षेत्रमा चासो बढ्नेछ । न्यायिक निर्णय तपाईँकै पक्षमा फैसला हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ  तथा सहयोगात्मक रहनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय राम्रो रहेकोले थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार, शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ ।  नोकरीमा पदोन्नति हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । सापटी दिइएका रकमहरू फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको भरपुर सहयोग पाइनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धिमूलक यात्रा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापार, वित्तीय क्षेत्र र उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप