गुप्तालाई राजीनामा गराउने प्रधानमन्त्रीले अधिकारीलाई संरक्षण गरे : साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले प्रधानमन्त्री ओलीले एकै घटनामा मुछिएका मन्त्रीहरूमाथि विभेद गरेको आरोप लगाए।
- उनले खानेपानीको अभावलाई लिएर सरकारको आलोचना गर्दै तत्काल व्यवस्थापन गर्न ध्यानाकर्षण गराए।
- साहले सुकुम्बासी बस्तीमा खानेपानीको चरम अभाव भएको र सरकार गम्भीर नबने स्थिति विस्फोटक हुन सक्ने चेतावनी दिए।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एकै प्रकरणमा मुछिएका दुई मन्त्रीहरूमध्ये एकलाई मात्र राजीनामा गराएर अर्कोलाई संरक्षण दिएको आरोप लगाएका छन्।
काठमाडौंस्थित सिंहदरबारमा आजपाको संसदीय दलको कार्यालयमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साहले पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा गराइएपनि सोही घटनामा मुछिएका सहकारी मन्त्री बलराम अधिकारीलाई प्रधानमन्त्रीले जोगाइरहेको दाबी गरे।
'प्रधानमन्त्रीले एउटै घटनामा संलग्न एक मन्त्रीलाई राजीनामा गराउनुभयो, तर अर्को मन्त्रीलाई संरक्षण दिइरहनुभएको छ,' साहले भने, 'यसरी कारबाहीमा विभेद गर्नु न्यायसंगत छैन।'
त्यसैगरी, अध्यक्ष साहले पछिल्लो समय देशभर पानीको हाहाकार भइरहेका बेला सरकार नागरिकको आधारभूत आवश्यकताप्रति संवेदनशील नदेखिएको आरोप पनि लगाए। उनले तराई–मधेसका इनार, चापाकल सुक्न थालेको, काठमाडौंका सुकुम्बासी बस्तीमा खानेपानीको चरम अभाव भएको भन्दै तत्काल आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।
'प्रकृतिले दिएको हावापानी सबैको साझा हो, त्यसमा कुनै भेदभाव हुँदैन,' साहले भने, 'तर, विदेशी मिनरल वाटर पिउने प्रधानमन्त्री नेपाली जनतालाई सामान्य खानेपानीबाट समेत वञ्चित गर्दै हुनुहुन्छ। यो मानवता विरोधी कार्य हो।'
काठमाडौंको त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) कार्यालयअगाडि सुकुम्बासी तथा अव्यवस्थित बस्तीको संघले दिनहुँ धर्ना दिइरहेको स्मरण गराउँदै साहले सरकार गम्भीर नबने स्थिति विस्फोटक हुन सक्ने चेतावनी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण