दक्षिण कोरियाको सर्वोच्च अदालतले सामसङका हाकिमलाई दियो सफाइ
सोल । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङका हाकिम ली जे–योङले धोकाधडीको अभियोगमा सफाइ पाएका छन् । २०१५ को एउटा मर्जर सम्झौताको विषयमा लामो समयदेखि कानुनी लडाईं लडिरहेका लीले अन्ततः अदालतबाट राहत पाएका हुन् ।
दक्षिण कोरियाको सर्वोच्च अदालतले यस मामिलामा ली निर्दोष रहेको फैसला सुनाएको छ । ली सामसङका संस्थापक र २०१४ यताका डी–फ्याक्टो प्रमुखका नाति हुन् । उनीमाथि सेयर र लेखाङ्कन घोटाला गरेर कम्पनीमा नियन्त्रण जमाउने कोसिस गरेको आरोप छ ।
सोलमा सुनाइएको अन्तिम फैसलामा सर्वोच्च अदालतले यस अघिका दुई मुद्दामा लगाइएका सबै आरोपबाट लिलाई मुक्त गरेको छ । यो मामिला बाहिर आएपछि दक्षिण कोरियाको सबैभन्दा ठुलोमध्ये एउटा व्यापारिक घराना भित्र शक्तिका लागि भइरहेका खिचातानी जगजाहेर भएको थियो ।
‘आज, सर्वोच्च अदालतले आफ्नो अन्तिम सुनुवाइ मार्फत सामसङ सीएन्डटी र सामसङ बायोलोजिक्स मर्जर कानुन सम्बद्ध रहेको भनेर स्पष्ट रूपमा पुष्टि गरेको छ’ सामसङका वकिलले बिहीबार भनेका छन् ।
पाँच वर्षयता चलिरहेको पेसी पछि आएको यो निर्णयप्रति आफूहरू कृतज्ञ रहेको वकिलले भनेका थिए । पिता ली कुन–हिबाट शक्ति हस्तान्तरणको क्रममा दुई कम्पनी मर्जर गरेर धोकाधडी गरेको आरोप लीमाथि थियो । २०१४ मा ली को पितालाई हृदयाघात भएको थियो ।
कानुनी समस्या सामना गरिरहँदा २०२० मा उनको मृत्यु भयो । सामसङका दुई सहायक कम्पनी गाभ्ने निर्णयमा सरकारी समर्थन पाउन घूस दिएको आरोपमा २०१७ मा ली पहिलो पटक पक्राउ परेका थिए ।
२०२४ मा जिल्ला अदालतले मर्जर सम्बन्धमा लागेका सबै अभियोगबाट लीलाई सफाइ दिएको थियो । उच्च अदालतबाट पनि उनले सफाइ पाए ।
बजारमा चर्को प्रतिस्पर्धा र सेयर बजारमा सन्तोषजनक प्रदर्शन गर्न नसकिरहेको अवस्थामा कानुन लडाई गएको एक दशकयता कम्पनीको टाउको दुखाइको विषय बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण