सुनचाँदीमा २ प्रतिशत विलासिता कर आजदेखि कार्यान्वयनमा
सारांश
- आजदेखि सुन चाँदीको खरिद बिक्रीमा २ प्रतिशत विलासिता कर लाग्न सुरु भएको छ।
- यो कर सुनचाँदीको खरिद, बिक्री र पुन: बिक्रीमा लाग्नेछ, जसले मूल्य बढाउनेछ।
- व्यवसायीहरूले कर खारेजीको माग गरे पनि सरकारले फिर्ता लिएको छैन।
काठमाडौँ । आजदेखि सुन चाँदीको खरिद बिक्रीमा विलासिता कर लाग्न सुरु भएको छ । सरकारको आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको २ प्रतिशत बराबरको विलासिता कर लाग्न सुरु भएको हो ।
यस्तो कर प्रत्येक कारोबारमा लाग्नेछ । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ ।
अघिल्लो आर्थिक वर्षको १० लाख रुपैयाँभन्दा धेरै खरिदमा मात्रै यस्तो कर लाग्ने व्यवस्था थियो । अब जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि यो कर तिर्नुपर्नेछ ।
उक्त कर खारेजी गर्न माग गर्दै अहिले व्यवसायीहरू आन्दोलन गर्दै आएका थिए । सरकारसँग ‘समस्या समाधान गर्ने’ सहमति भएर आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन ।
अहिले सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ छ । विलासिताबापतको २ प्रतिशत जोड्दा ग्राहकले सो मूल्यमा थप २ प्रतिशत करिब ३८३६ रुपैयाँ थप तिर्नुपर्छ । प्रत्येक कारोबारमा यस्तो लाग्दै जाने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण