साउदीमा रोनाल्डोलाई अर्को अवार्ड
बिहीबार, ०१ साउन २०८२, ११ : २३
सारांश
- क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा 'फ्यान फेभरेट प्लेयर'को उपाधि जिते।
- यो अवार्ड लिगका समर्थकहरूको मतदानबाट चयन गरिएको थियो।
- रोनाल्डोले गत सिजन १५ वटा प्लेयर अफ द म्याच अवार्ड जितेका थिए।
रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो सफल करियरमा अर्को व्यक्तिगत उपाधि थपेका छन् । अल नासरका स्ट्राइकर साउदी प्रो लिगमा सन् २०२४-२५ सिजनका लागि ‘फ्यान फेभरेट प्लेयर’ छनोट भएका हुन् ।
यो अवार्डका लिगका समर्थकहरूले मतदान गर्छन् । यस अवार्डलाई प्रतियोगिताको आधिकारिक सामाजिक सञ्जालबाट घोषणा गरिएको थियो । गत सिजन रोनाल्डोले १५ वटा प्लेयर अफ द म्याच अवार्ड जितेका थिए ।
जसले उनलाई समर्थकहरूको प्रिय खेलाडी बनाएको थियो । सन् २०२३ मा साउदी पुगेपछि उनले खेलमा दर्शकको उपस्थिति र भ्यूअरसिपको रेकर्ड, जर्सीको बिक्रीलगायत विभिन्न रेकर्डहरू पनि तोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण