सेयर बजार
स्टक डिलरले आईपीओ ल्याउन पाउने, ब्रोकरको पुँजी पुर्याउने समय चैतसम्म
बिहीबार, ०१ साउन २०८२, १३ : ४३
सारांश
- नेपाल धितोपत्र बोर्डले स्टक डिलरलाई आईपीओ निष्कासन गर्न अनुमति दिने नियमावली २०८२ लागू गरेको छ।
- हाल बजारमा नागरिक स्टक डिलर र नबिल स्टक डिलर सञ्चालनमा रहेका छन्।
- नियामावली संशोधनले शेयर ब्रोकर कम्पनीलाई पुँजी पुर्याउन चैत मसान्तसम्मको समय दिएको छ।
काठमाडौँ । स्टक डिलरले आईपीओ निष्कासन ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (छैटौँ संशोधन) नियमावली, २०८२ लागू गर्दै यस्तो व्यवस्था गरेको हो ।
हाल बजारमा दुई वटा स्टक डिलर कम्पनी छन् । नागरिक लगानी कोषको नागरिक स्टक डिलर र नबिल इन्भेष्टमेन्टको नबिल स्टक डिलर अहिले सञ्चालनमा छन् ।
दोस्रो बजारको अस्वाभाविक उतारचढाव रोक्ने उद्देश्यले स्थापना भएका यस्ता कम्पनी आफैँले आईपीओ निष्कासन गर्न पाउने व्यवस्था गरिएको हो ।
संशोधित नियमावलीमा शेयर ब्रोकर कम्पनीले पुँजी पुर्याउने ९ महिना थप गरेको छ । असार मसान्तसम्म पुँजी पुर्याउनुपर्ने व्यवस्था रहेकोमा यसलाई थप गरी चैत मसान्तसम्म पुर्याइएको संशोधनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण