पत्रकार सम्मेलन
अडियो प्रकरणबारे भूमि मन्त्रीको जवाफ: मालपोत अधिकृत फिर्ता गर्न आएका थिए, हुन्न भनेपछि चरित्रहत्या भयो
बिहीबार, ०१ साउन २०८२, १६ : ०७
सारांश
- भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले अडियो आफ्नो अभीष्ट पूरा नभएपछि चरित्रहत्या गर्ने प्रयास भएको बताए।
- मन्त्री अधिकारीले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न नपाएपछि अडियो सार्वजनिक भएको बताए।
- उनले अडियोसँग सम्बन्धित मान्छे आफूसँग नजोडिएको र संलग्नता पाइए सजाय भोग्न तयार रहेको बताए।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो आफ्नो अभीष्ट पूरा हुन नपाएपछि चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् ।
मन्त्रालयले बिहीबार भूमि मन्त्रीको एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले त्यो नपाएपछि अडियो सार्वजनिक गरेको बताए ।
‘मालपोत अधिकृत फिर्ता गर्न आएका थिए, मैले हुन्न भनेपछि यी कुरा बाहिर आएका हुन् । मालपोत अधिकृत पुसमै सरुवा हुनुभएको हो । अहिले उहाँले त्यहाँ बस्दिनँ, जान्छु पनि भन्नुभएको थिएन । त्यसैले सरुवा गर्ने कुरै थिएन, त्यो पूरा नभएपछि चरित्रहत्या गर्न खोजियो ।
उनले अडियोसँग सम्बन्धित मान्छे आफूसँग नजोडिएको भन्दै कहीँ कतै संलग्नता पाइए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण