फैसला कार्यान्वयन निर्देशनालयले भन्यो : विदेशमा रहेका नेपालीलाई मतदान गर्ने वातावरण मिलाउनू
सारांश
- सर्वोच्च अदालतको आदेश कार्यान्वयन नभएपछि फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई ताकेता गरेको छ।
- आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन आयोगलाई निर्देशन दिइएको छ।
- २०७४ चैत ७ गतेको आदेश कार्यान्वयन नभएपछि अधिवक्ता यज्ञमणी न्यौपानेले निर्देशनालयमा निवेदन दिएका थिए।
काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानमा सहभागी गराउने सम्बन्धी सर्वोच्च अदालतले गरेकाे आदेश कार्यान्वयन नभएपछि फैसला कार्यान्वयन निर्देशनालयले पुन: निर्वाचन आयोगलाई यससम्बन्धी ताकेता गरेको छ ।
आगामी निर्वाचन सम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानमा सहभागी गराउन निर्वाचन आयोगलाई निर्देशनात्मक आदेश गरिएको छ ।
सर्वोच्च अदालतले २०७४ चैत्र ७ गते नै विदेशमा रहेका नेपालीहरुलाई निर्वाचनमा सहभागी गराउने आदेश गरेपनि उक्त आदेश कार्यान्वयन नभएको पाइएपछि बिहीबार निर्देशनालयले पुन:निर्वाचन आयोगलाई ताकेता गरेको हो ।
'विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सृजना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकहरूको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचन सम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनू,सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा ताकेता गर्दै भनेको छ,'अतः सम्मानित सर्वोच्च अदालतको मिति २०७४/१२/०७ मा भएको उक्त आदेश कार्यान्वयनको सन्दर्भमा ताँहा निर्वाचन आयोगबाट प्रेषित च.न. २३९ मिति २०८२/०३/१० को पत्रमा निर्वाचन व्यवस्थापन विधेयक, २०८० व्यवस्थापिका संसदमा पेस गर्ने प्रयोजनको लागि नेपाल सरकार गृह मन्त्रालय समक्ष पेस गरिएको भनिएकोमा उक्त विधेयक हाल के कुन अवस्थामा छ सोको प्रगति विवरण सहितको जानकारी यथाशीघ्न यस निर्देशनालयमा पठाउन हुन निर्देशानुसार अनुरोध गरिन्छ ।'
उक्त आदेश हालसम्म कार्यान्वयन नभएकोले यथाशीघ्न कार्यान्वयन गरी पाउँ भनी अधिवक्ता यज्ञमणी न्यौपाने आज निर्देशनालयमा निवेदन दर्ता गराएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण