नेपाल वायु सेवा निगमले असार मसान्तसम्म तिर्यो ५३ करोड ऋण
काठमाडौँ । नेपाल वायु सेवा निगमले २०८२ असार मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । निगमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाईडबडी जहाजको आंशिक गरी असार मसान्तसम्मको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ ऋण भुक्तानी गरिएको जानकारी दिएको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबड जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पुरा र दुई वाईडबडी जहाजको आंशिक गरी मिति २०८२ असार ३२ गते जम्मा रु.५३०,९५५, २८१ (त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी मात्र ) ) रकम भुक्तानी गरेको छ,नेपाल वायु सेवा निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण