अनलाइन टिभी पत्रकार सङ्घको कोशी प्रदेश समिति गठन
सारांश
- अनलाइन टिभी पत्रकार सङ्घ नेपाल, कोशी प्रदेशको प्रथम अधिवेशनले किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गर्यो।
- अधिवेशनले उपाध्यक्षमा खगेन्द्र घिमिरे, सचिवमा सरोज बस्नेत, र कोषाध्यक्षमा सम्झना राईलाई चयन गर्यो।
- सङ्घले अनलाइन टिभी पत्रकारितालाई व्यवस्थित बनाउन स्वनियमन निर्देशिका जारी गरेको छ।
मोरङ । अनलाइन टिभी पत्रकार सङ्घ नेपाल, कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनले मोरङका किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरेको छ ।
मोरङको उर्लाबारीमा भएको अधिवेशनले उपाध्यक्षमा झापाका खगेन्द्र घिमिरे, सचिवमा मोरङका सरोज बस्नेत, सहसचिवमा सुनसरीका विनोद राना मगर र कोषाध्यक्षमा मोरङकी सम्झना राईलाई निर्वाचित गरेको हो । त्यस्तै, सदस्यहरूमा किशोर निरौला, विजय भट्टराई, अफ्ताप अली र निशान ढकाल चयन हुनु भएको छ।
इन्टरनेटमा भिडियो पत्रकारिता गर्ने पत्रकारहरूको पहिलो र साझा संस्थाको रूपमा रहेको अनलाइन टिभी पत्रकार सङ्घ युवा पत्रकार तथा पत्रकारिताका अध्यापक जीवन भण्डारीको नेतृत्वमा २०७६ सालमा काठमाडौँमा स्थापना भएको हो ।
केन्द्रीय स्तरमा अनलाइन टिभी पत्रकारहरूको हकहित, अनलाइन टिभीहरूलाई व्यवस्थित गराउने लगायतका विषयमा नेतृत्वदायी भूमिका खेल्दै आएको सङ्घको कोशी प्रदेशमा पनि पहिलो कार्यसमिति गठन गरिएको हो ।
सङ्घको दुई प्रदेशमा अधिवेशन भइसकेको र अन्य प्रदेशहरूको पनि केही दिनमै अधिवेशन सम्पन्न गर्नेगरी गृहकार्य भइरहेको सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले जानकारी दिए । सङ्घको जिल्ला शाखा भने १५ जिल्लामा गठन भइसकेको छ । अव हुने केन्द्रीय अधिवेशनपछि शाखा विस्तारलाई तीव्रता दिइने उनको भनाई छ ।
अनलाइन टिभी पत्रकारितालाई व्यवस्थित जिम्मेवार बनाउन सङ्घले नेपालमै पहिलो पटक अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरी लागु गरेको छ भने अनलाइन टिभीकर्मीहरूलाई विभिन्न विषयमा प्रशिक्षित पनि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण