कर्ण थापाको टिप्पणी–आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर सङ्घर्षलाई सघन बनाऔँ
सारांश
- नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टी नेतृत्वबारे बहस सुरु भएको बताए।
- उनले पार्टीको लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको आकांक्षा पूरा गर्ने भन्ने प्रश्न उठाए।
- सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको थियो।
काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टी नेतृत्व र सञ्चालनसम्बन्धी स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पुरा गर्न तोड्नेबारे गम्भीर बहस सुरु भएको बताएका छन् ।
बिहीबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित भएपछि थापाले अनुमोदन भएको दस्ताबेज अगाडि सारेर बहस गर्नुपर्ने बताएका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धी स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरुवात भएको छ, एमालेको सचिवालयको बैठकमा । कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्ताबेज अगाडि राखेर बहस गरौँ । आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर सङ्घर्षलाई सघन बनाऊ । मर्यादा र शिष्टताका सीमालाई सबैले पालना गरौँ ।
दुई कार्यकाल र ७० वर्षे उमेरहद हटाउने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबिच भनाभन भएको थियो । सो क्रममा ओलीले कर्ण थापाको बोली नबोल्न भन्दै पोखरेललाई सचेत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण