कर्णालीमा भ्रष्टाचारको चाङ : राप्रपाले अख्तियारमा बुझायो अनियमितताको सूची
सुर्खेत । कर्णाली प्रदेशमा भ्रष्टाचार र कुशासनले सीमा नाघेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियारको ध्यानाकर्षण गराएको छ ।
प्रदेशका दर्जनौँ आयोजनामा भएका करोडौँका अनियमितताको सूचीसहित राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको ध्यानाकर्षण गराउँदै तत्काल निष्पक्ष छानबिनका लागि दबाब दिएको छ ।
राप्रपाका केन्द्रीय सदस्य रवि किरण हमालको नेतृत्वमा युवा नेताहरू प्रेम बिसी, मणिचन्द्र पाण्डे, सन्देश शाही, पारस शाही र जङ्गबहादुर शाहीसहितको टोलीले सुर्खेतस्थित अख्तियार कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
निमित्त कार्यालय प्रमुख राजकाजी श्रेष्ठलाई बुझाइएको ध्यानाकर्षण पत्रमा कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनमा देखिएको चरम असफलतालाई प्रमुख प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।
हालै सकिएको आर्थिक वर्षमा झन्डै एक तिहाइ बजेट खर्च गर्न नसक्नुले सरकारको असक्षमता पुष्टि गरेको राप्रपाको ठहर छ । त्यसमाथि, खर्च भएको रकमसमेत योजनाविना, मनपरी र संस्थागत रूपमा दुरुपयोग भएको आरोप पत्रमा लगाइएको छ ।
राप्रपाले विशेष गरी कर्णाली प्रदेश अस्पतालको एमआरआई मेसिन खरिदमा भएको करोडौँको घोटाला, रारा पर्यटन वर्ष कार्यक्रममा भएको खर्च र ठेक्कापट्टामा भएको अपारदर्शिता, विभिन्न जिल्लामा निर्माण भएका कोल्ड स्टोरमा भएको व्यापक अनियमितता लगायतका सुचीहरू राखिएको छ ।
यस्तै चौकुने गाउँपालिकामा बन्ने जुम्ल्याहा मूल तालमा पनि अनियमितता भएको राप्रपाको ठहर छ ।यस्तै नमुना गाउँ निर्माण तथा कृषक अनुदान कार्यक्रममा पनि भ्रष्टाचार भएको दाबी गरिएको छ ।
अन्य खानेपानी आयोजना, एम्बुलेन्स खरिद, कोभिड स्वास्थ्य सामग्री खरिद, र उपभोक्ता समितिमार्फत भएका काममा संस्थागत भ्रष्टाचार भएको राप्रपाका केन्द्रीय सदस्य रविकिरण हमालको भनाइ छ ।
‘योजनाहरूमा कमिसन लिने, गुणस्तरहीन काम गर्ने मात्र नभई समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिसमेत अख्तियारकै दुरुपयोग हो,’ पत्रमा भनिएको छ, ‘सयौँ योजना अलपत्र छन्, जनताको करबाट पैसा सकियो तर जनताले कुनै प्रतिफल पाएनन् ।’



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान विधेयकमा अन्तर्राष्ट्रिय सहकार्यको दायरा स्पष्ट पार्न सुझाव
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण