टेलिग्राम बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । पछिल्लो समय टेलिग्राममार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर प्रकृतिका अपराध बढेको भन्दै प्राधिकरणले यस्तो कदम चालेको हो ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सम्बन्धित सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई तत्कालै टेलिग्रामको पहुँच रोक्न/बन्द गर्न निर्देशन दिएको छ ।
सूचनामा भनिएको छ, ‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत् मार्फत अनलाइन ठगीको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ ।’
यो निर्देशनपछि अब नेपाल टेलिकम, एनसेल लगायत मोबाइल डाटा सेवा प्रदायक कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो नेटवर्कबाट टेलिग्राम चल्न नमिल्ने बनाउनुपर्नेछ । यो निर्णयसँगै अब नेपाली प्रयोगकर्ताहरूले सामान्य तरिकाले टेलिग्राम प्रयोग गर्न पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण