विश्वकप टी–२०आई क्वालिफायरका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
शुक्रबार, ०२ साउन २०८२, १९ : २५
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय दूतावासको सहकार्य र भारतीय क्रिकेट बोर्ड बीसीसीआईको सहयोगमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई भारतमा विशेष प्रशिक्षणका लागि पठाउने तयारी गरेको छ।
आगामी सोमबार (जुलाई २१) देखि साउन १८ गते (अगस्ट ३) सम्म भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा हुने प्रशिक्षणमा सहभागीताका लागि २० खेलाडी छनोट भएका छन् ।
क्यानले विश्वकप टी–२०आई क्वालिफायरको दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागी हुने २० खेलाडीहरूको नामावली शुक्रबार सार्वजनिक गरेको हो । बन्द प्रशिक्षणका लागि रोहित कुमार पौडेल,लोकेश बम,आसिफ शेख,कुशल भुर्तेल,कुशल मल्ल लगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण