एमाले पोलिटब्युरो बैठक : विधान संशोधन प्रस्तावमाथि छलफल जारी
शनिबार, ०३ साउन २०८२, १२ : ०१
सारांश
- एमालेको पोलिटब्युरो बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको छ।
- अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई विधान निर्माणमा रचनात्मक भूमिका खेल्न आग्रह गरे।
- एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुने भएको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि जारी छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरूले धारणा राखिरहेका छन् ।
हिजोको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोलेका थिए । उनले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गरेका थिए ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण