सशस्त्र प्रहरीको सक्रियतामा ६ करोडभन्दा बढी मूल्यका सामान बरामद
सारांश
- सशस्त्र प्रहरी बल सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा रु ६ करोड ९० लाख ३९२ बराबरको भन्सार छलीका सामान बरामद गर्यो।
- प्रहरीले भन्सार छली तथा अवैध ओसारपसारमा संलग्न ६४ जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि बुझायो।
- पूर्वी नाकामा हुने भन्सार छली, अवैध ओसारपसार र लागुऔषध कारोबार नियन्त्रणमा निगरानी बढाइएको छ।
धरान । सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा रु छ करोड ९० लाख ३९२ बराबर भन्सार छली गरिएका तथा बिलबिजक नभएका सामान बरामद गरेको छ ।
गणअन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले यस अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । भन्सार छली गरेर भित्र्याइएका ती अवैध सामग्री सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए ।
सोही अवधिमा रु १८ लाख ७५ हजार एक सय ३५ मूल्यका बिलबिजक नभएका सामान बरामद गरी राजस्व कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । भन्सार छली तथा अवैध ओसारपसारमा सङ्लग्न ६४ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
पूर्वी नाकामार्फत हुने भन्सार छली, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा सघन निगरानी बढाइएको गण प्रमुख थापाले बताए ।सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा सुनसरीका प्रवक्ता सुधिरजङग थापाले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाई सीमा सुरक्षा मजबुत बनाइएको बताए ।
उनले स्थानीय समुदायसँगको सहकार्यमा उपलब्ध स्रोतसाधन, जनशक्ति र प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रणमा जोड दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण