वर्षा
इलामको माई खोलामा जल सतह सतर्कता पार, ओखलढुङ्गामा आकस्मिक बाढी र पहिरोको जोखिम
शनिबार, ०३ साउन २०८२, २३ : ४९
सारांश
- इलामको माई खोलामा जल सतह सतर्कता तह पार, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह।
- ओखलढुङ्गामा मध्यम वर्षा मापन, आगामी घण्टाहरूमा वर्षाको पूर्वानुमान।
- साना खोला र पहिरोको जोखिम बढ्ने सम्भावना, प्रशासनलाई सावधानी अपनाउन अनुरोध।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार इलाम जिल्लास्थित माई खोला (चिसापानी जल मापन केन्द्र) मा शनिबार राति ११: १५ बजे जल सतह सतर्कता तह पार गरेको छ। अहिले पनि जलस्तर बढ्दो क्रममा रहेकाले नदी किनार आसपास तथा डुबान सम्भावित होचा भू-भागमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यससँगै, ओखलढुङ्गा जिल्लास्थित वर्षा मापन केन्द्रमा राति ११:०५ बजे पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन गरिएको छ। विभागले आगामी घण्टाहरूमा थप वर्षा हुने पूर्वानुमान गर्दै, साना खोला-नाला आसपास आकस्मिक बहाव (फ्ल्यास फ्लड) को सम्भावना र कमजोर भिरालो भूभागमा पहिरोको जोखिम उच्च रहेको जनाएको छ।
स्थानीय प्रशासन तथा सर्वसाधारणलाई सावधानी अपनाउन र आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण