वर्षा
सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह
आइतबार, ०४ साउन २०८२, ०१ : ०१
सारांश
- जल तथा मौसम विज्ञान विभागले सुनसरी, मोरङ लगायतका क्षेत्रमा वर्षा भइरहेको जनाएको छ।
- सेउती, सर्दु, सुनसरी खोला लगायत खोलानालामा आकस्मिक बहाव आउन सक्ने सम्भावना छ।
- विभागले डुबानको जोखिम रहेको क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।
काठमाडौँ। पछिल्ला तीन घण्टामा सुनसरीको तरहरा, मोरङको विराटनगर विमानस्थल, हरैचा र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको र आगामी घण्टाहरूमा थप वर्षा जारी रहने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आइतबार बिहान १२:३५ बजे एक सूचना जारी गर्दै सेउती, सर्दु, सुनसरी खोला, खेसलिया, चिसाङ, लोहन्द्रा लगायत साना खोलानालाहरूमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) बढ्न सक्ने सम्भावनाबारे चेतावनी दिएको छ।
साथै, होचा भू–भागहरूमा डुबानको जोखिम उच्च रहेको हुँदा नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई बिहानसम्म विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण