शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आइतबार, ०४ साउन २०८२, ०५ : ०७
आइतबार, ०४ साउन २०८२

आजको पञ्चाङ्ग

वि.सं. २०८२ साल साउन ४ गते । आइतबार । ईश्वी सन् २०२५ जुलाई २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–दशमी, १३ घडी ३० पला, बिहान १०  बजेर ४५ मिनेट उप्रान्त एकादशी । नक्षत्र–कृतिका, ४२ घडी २१ पला, बेलुकी १० बजेर २६ मिनेट उप्रान्त रोहिणी । योग–गंड, ४२ घडी १ पला, बेलुकी १० बजेर १० मिनेट उप्रान्त वृद्धि । करण–भद्रा, बिहान १० बजेर ४५ मिनेट उप्रान्त बव, बेलुकी ९ बजेर ३२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग। चन्द्रराशि–वृष ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी १ पला ।  

आजको बार बेला ।  

बिहान ५ बजेर २१ मिनेटसम्म उद्धेग बेला ।

बिहान ५ बजेर २२ मिनेटदेखि बिहान ७ बजेर ३ मिनेटसम्म चर बेला ।

बिहान ७ बजेर ४ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म लाभ बेला ।

बिहान ८ बजेर ४६ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म अमृत बेला ।

बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म काल बेला ।

मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५२ मिनेटसम्म शुभ बेला ।

दिउसो १ बजेर ५३ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म रोग बेला ।

दिउसो ३  बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म उद्धेग बेला ।

बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ८ बजेर १६ मिनेटसम्म शुभ बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ५ बजेर १५ मिनेटदेखि बेलुकी ८ बजेर ५७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट:राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४५ मिनेटदेखि बिहान ४ बजेर ३३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार तथा शेयर बजारबाट प्रशस्त नाफा कमाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेको छ । तपाईँको लवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ  । इमान्दारिता र मेहनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्षित हुनेछ । कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम सङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

विभिन्न साधन स्रोत जुटाई दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैङ्किङ तथा  शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म सम्बन्धी सामानको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटनाहरु हुन सक्छन् । प्रेममा टाडिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्र सफलता हात पार्न सकिनेछ । तर पनि वित्तीय बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षत्रे र शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ ।  

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

कार्यक्षेत्रमा केही विषयमा विवाद भए पनि तपाईँको भनाई तथा रायलाई स्विकार्दै जाने सहमति जुट्नेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईँकै प्रशंसा गर्दै हिँड्नेछन् ।  शेयर बजार तथा वित्तीय क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययन कै सिलसिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ । तर पनि  वित्तीय बजारको लगानीबाट नाफा कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप