वर्षा
इलामको कनकाई र मैनाचुली क्षेत्रमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
आइतबार, ०४ साउन २०८२, ०५ : ५०
सारांश
- इलामको कनकाई र मैनाचुली जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तहको आसपास पुगेको छ।
- जल तथा मौसम विज्ञान विभागले जल सतह बढ्दो क्रममा रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ।
- विभागले तटीय क्षेत्र र डुबान हुने होचो भूभागमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । इलाम जिल्लाको कनकाई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे लिइएको विवरणअनुसार नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान एक सूचना जारी गर्दै जल सतह अझै बढ्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
विभागका अनुसार नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । हाल देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण