आईसीसीको वार्षिक सम्मेलनमा एनपीएलको चर्चा
सारांश
- आईसीसी सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बारे प्रस्तुति दियो।
- क्यानका सचिव पारस खड्काले एनपीएलको सफलता र रणनीतिक योजनाबारे जानकारी दिए।
- उनले सामाजिक सञ्जालमा एनपीएल प्रस्तुत गर्दै क्रिकेटको विकासमा जोड दिए।
काठमाडौँ । सिंगापुरमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बारे प्रस्तुति दिएको छ । सङ्घका सचिव पारस खड्काले सम्मेलनमा आईसीसीका सदस्य राष्ट्रहरूलाई एनपीएलबारे जानकारी दिएका हुन् ।
प्रस्तुतिका क्रममा उनले एनपीएलको सफलतादेखि क्यानको रणनीतिक योजनाबारे बताएका थिए । सचिव खड्काले यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रिकेटको संसार र यसभन्दा पर रहेकाहरूलाई नेपाल क्रिकेट र हाम्रो आफ्नै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग प्रस्तुत गर्दैछौँ।’
उनले थप लेख्छन्, ‘नेपाल क्रिकेट सङ्घको तर्फबाट, हामी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई यो अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यस अवसरमा, हामीले गत वर्ष NPL ले पारेको प्रभाव र एक पूर्ण-विकसित क्रिकेट राष्ट्र बन्ने दिशामा हामीले गरिरहेको प्रगतिको बारेमा देखाउनेछौँ। नेपाल ठुलो मञ्चका लागि तयार छ !’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण