‘सैयारा’को बक्स अफिसमा बलियो ओपनिङ
सारांश
- अहान पाण्डे र अनीत पड्डाको फिल्म 'सैयारा' ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ।
- 'सैयारा' ले पहिलो दिनमै सर्वाधिक कमाइ गर्ने डेब्यु फिल्मको रेकर्ड बनाएको छ ।
- मोहित सुरी निर्देशित फिल्म 'सैयारा' ले २०२५ को चौथो ठुलो ओपनिङ गरेको छ।
मुम्बई । नव कलाकार अहान पाण्डे र अनीत पड्डा अभिनित फिल्म ‘सैयारा’ ले बक्स अफिसमा बलियो ओपनिङ गरिएको छ । अग्रिम टिकट बुकिङ नै राम्रो देखिएको फिल्मले ओपनिङ बिजनेस २० करोड भारु गर्ने अनुमान गरिएको थियो । तर फिल्मले २१ करोड भारु बढी व्यवसाय गर्न सफल भयो । फिल्मले अहिलेसम्म ४५ करोडको व्यवसाय गरेको बताइन्छ ।
फिल्मले स्टारका फिल्मलाई पनि चुनौती दिँदै २०२५ कै चौथो ठुलो ओपनिङ गरेको हो । मोहित सुरीको निर्देशन रहेको म्युजिकल रोमान्टिक फिल्म ‘सैयारा’ शुक्रवारदेखि प्रदर्शनमा आएको हो ।
फिल्मबाट अभिनेता अहान पाण्डेको एक रेकर्ड पनि बनेको छ । ‘सैयारा’ पहिलो दिन कुनै पनि अभिनेताको सबैभन्दा धेरै कमाइ गर्ने डेब्यु फिल्म बनेको छ । ‘छावा’, ‘सिकंदर’ र ‘हाउसफुल ५’ पछि वर्षको चौथो ठुलो ओपनिङ फिल्म यही बनेको छ ।
यशराज फिल्म्सको ब्यानरमा बनेको ‘सैयारा’ को बजेट ४५ करोड रुपैयाँ रहेको जनाइएको छ । फिल्मले आइतबार पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। फिल्मले शुक्रबार र शनिबारको व्यवसायमा नै आफ्नो लगानी सुरक्षित गर्दै नाफा तर्फ अगाडि बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण