गुगलले धरहरालाई ‘सेतो टावर’ देखायो
आइतबार, ०४ साउन २०८२, ११ : ५६
सारांश
- सुन्धारास्थित धरहरालाई गुगल म्यापमा 'सेतो टावर' नामले देखाइएको छ।
- सहरी विकास मन्त्रालयका अधिकारीहरूलाई यस विषयमा जानकारी छैन।
- मेयर बालेन शाहले धरहरालाई सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो।
काठमाडौँ । सुन्धारास्थित रहेको धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो ।
धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी नभएको बताए । ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’ रातोपाटीसँग उनले भने ।
भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो । उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए ।
गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले नाम परिवर्तन भएको हुनसक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण