विश्वको पहिलो एआई मालवेयर, जिप फाइलमा लुकेर गरिरहेछ विन्डोज पिसी ह्याक
सारांश
- नयाँ मालवेयर 'लेजीहज' विन्डोज कम्प्युटरहरूलाई सङ्क्रमित गर्न देखा परेको छ, जसले एआई च्याटबोट प्रविधि प्रयोग गर्दछ।
- यो मालवेयर रुसी साइबर समूह एपीटी०२८ द्वारा विकसित गरिएको हो र यसले युक्रेनका सरकारी अधिकारीहरूलाई लक्षित गरेको थियो।
- लेजीहजले कम्प्युटरबाट डेटा सङ्कलन गर्न एलएलएम प्रयोग गर्छ, जसमा पीडीएफ र टेक्स्ट फाइलहरू रिमोट सर्भरमा पठाउने क्षमता हुन्छ।
काठमाडौँ । विश्वभरमा विन्डोज कम्प्युटरलाई सङ्क्रमित गर्ने एउटा नयाँ खतरनाक मालवेयर भेटिएको छ । यसको नाम ‘लेजीहज’ हो ।
यो मालवेयर विशेष हुनुको कारण के हो भने यसले च्याटजीपीटी, जेनिनाई, पप्र्लेक्सिटी र क्लोड जस्ता एआई च्याटबोटमा प्रयोग गरिने तरिका प्रयोग गर्छ । यसलाई युक्रेनको राष्ट्रिय साइबर घटना प्रतिक्रिया टिमले खोजेको हो ।
उक्त टिमका अनुसार यो हमला रुसी साइबर अपराधी समूह एपीटी ०२८ ले गरेको हो । लेजीहज मालवेयरलाई पाइथन भाषामा लेखिएको छ र यसले हगिङ फेसको एपीआई प्रयोग गर्छ ।
यसलाई चलाउन Qwen-2.5-Coder-32B-Instruct नामक ओपन सोर्सको लार्ज ल्याङ्वेज मोडेल (एलएलएम)को प्रयोग गरिएको छ । यसलाई अलिबाबा क्लाउडले बनाएको हो । एआई च्याटबोट जस्तै लेजीहजको एलएलएमले पनि प्राकृतिक भाषामा दिइएको निर्देशनलाई एक्जिक्यूटेबल कोड वा सेल कमान्ड्समा बदल्न सक्छ । यो टेकनिकले मालवेयरलाई मान्छेले बोल्ने भाषामा सिधै कमान्ड बनाउने र चलाउने क्षमता दिन्छ ।
एपीटी ०२८ मार्फत युक्रेनका सरकारी अधिकारीलाई पठाइएको इमेलमा यो मालवेयर एउटा जिप फाइलमा लुकेर बसेको थियो । फाइलको नाम AI_generator_uncensored_Canvas_PRO_0.9.exe image.py थियो । यूजरले यी फाइल खोल्ने बित्तिकै लेजीहग मालवेयर सक्रिय हुन्छ र विन्डोजलाई सङ्क्रमित पारेर डेटा जम्मा पार्न थाल्छ ।
यसले कम्प्युटरमा भएको डकुमेन्ट, डाउनलोड र डेस्कटपलाई स्क्यान गर्छ र यसमा भएका पीडीएफ र टेक्ष्ट फाइल स्क्यान गरेर रिमोट सर्भरमा पठाइदिन्छ । एलएलएमको प्रयोग कसरी भइरहेको छ भन्ने स्पष्ट भएको छैन । तर यसको कार्य प्रणालीलाई निकै खतरनाक मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण