मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनापति गाउँपालिकामा पर्यटनको सम्भावनाबारे अन्तरक्रिया

आइतबार, ०४ साउन २०८२, १४ : ५२
आइतबार, ०४ साउन २०८२

काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकामा पर्यटनको सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ । आइतबार काठमाडौँको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको हलमा गाउँपालिकाले अन्तरक्रिया आयोजना गरेको हो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कान्छाराम तामाङले सुनापतिमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए । सुनापतिलाई खाँडादेवी गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकासम्म कालोपत्रे सडकमार्फत जोड्न सकेमा पर्यटनको सम्भावना थप बलियो हुने तामाङले बताए । उनले भने, ‘सुनापतिबाट गाल्पासम्मको सडक कालोपत्रे बनाउन सकेमा पर्यटनको सम्भावना थप बढ्छ ।’

नेकपा (माओवादी केन्द्र)का पूर्व सांसद श्याम कुमार श्रेष्ठले रामेछापलाई युद्ध पर्यटनको रूपमा पनि चर्चा गर्ने गरिएको भन्दै सुनापतिको पर्यटनमा युद्ध पर्यटनलाई पनि केन्द्रित गर्नुपर्ने बताए ।

श्रेष्ठले सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकालाई जोडेर आन्तरिक पर्यटनलाई विकाश गर्नुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलले पनि सुनापति र दोरम्बा गाउँपालिको सहकार्य गरेर पर्यटन प्रवर्द्धनको कार्यक्रम अगाडी लैजानुपर्ने बताए । पौडेलले भने, ‘सुनापतिको देसारगाउँमा तामाखानी उत्खनन गरेका सुरुङहरू छन्, त्यसबारे अध्ययन गर्नुपर्छ ।’

सुनापतिमा रहेका सुवेदार जम्दार धारो र अग्लेश्वरी पहाड जस्ता ऐतिहासिक कुराहरूलाई प्रचार गर्न सकेमा पर्यटनको विकाश गर्न सकिने पौडेलले बताए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति, बागमती प्रदेश सभा सदस्य युवराज चौलगाईं, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज कमल प्रसाद चौलगाईं लगायतले पर्यटनको सम्भावनाबारे चर्चा गरेका थिए ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले सुनापतिमा आन्तरिक र बाह्य पर्यटनको विकाश गर्न त्यहाँ होटेल र रिसोर्टहरु पनि खोल्नुपर्ने बताए । उनले भने, ‘सुनापति संवृद्ध बनाउनु सबैको सहयोग आवश्यक छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप