शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
स्वायत्तता माग्दै उपकुलपतिको कार्यालय घेराउ, तस्बिरहरू
प्रदर्शन

स्वायत्तता माग्दै उपकुलपतिको कार्यालय घेराउ, तस्बिरहरू

आइतबार, ०४ साउन २०८२

काठमाडौँ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन्। संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन्। 

शिक्षकहरूले गत १९ असारदेखि आन्दोलन सुरु गरी २५ असारदेखि पठनपाठन बन्द गरेका छन्। आइतबार दिउँसो विद्यार्थीहरू विभिन्न नारा लगाउँदै  कीर्तिपुर पुगेका थिए । स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएको उनीहरूको भनाइ छ।

विद्यार्थीहरूले कक्षाको ढोका खोल्देऊ सरकार, लड्न होइन पढ्न उठेका हौँ लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए।

इन्जिनियरिङ क्याम्पसका शिक्षकहरूले २०८० देखि नै आन्दोलन गर्दै आएका छन् । यस पटक भने शिक्षकहरूले पठनपाठन नै रोकेका छन् । संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग विद्यार्थी र शिक्षकहरूको छ ।

student protest (1)student protest (2)student protest (3)student protest (4)student protest (5)student protest (6)student protest (7)student protest (8)student protest (9)student protest (10)student protest (11)student protest (12)student protest (13)student protest (14)student protest (15)student protest (16)student protest (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया