छाउगोठमा मृत्यु भएकी दमाईंको परिवारलाई ५० हजार सहयोग
सारांश
- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी महिलाको परिवारलाई ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
- नगरपालिकाले मृतकका तीन बालकको पढाइका विषयमा छलफल गर्ने बताएको छ र छाउगोठ भत्काउने अभियान सुरु गरेको छ।
- नगरप्रमुखले छाउगोठ राख्नेलाई सामाजिक सुरक्षाभत्ता र अन्य सेवा सुविधाबाट वञ्चित गर्ने बताएका छन्।
कञ्चनपुर । छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए ।“अहिले मृतकको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेका छौँ”, उनले भने, “मृतकका तीन बालकको पढाइका विषयमा छलफल गरेर निर्णय गर्नेछौँ ।”
समाजमा रहेको कुप्रथाबाट अकालमा ज्यान गुमाउनु परेको बताउँदै नगरप्रमुख ओझाले यस्ता कुप्रथाको अन्त्यका लागि नगरभित्रका छाउगोठ भत्काउने अभियान सुरु भइसकेको जानकारी दिए ।
“हामीले छाउगोठ भत्काउने अभियान सुरु गरिसकेका छौँ । महिनावारी भएको समयमा महिलालाई सुरक्षित तरिकाले बस्ने वातावरणका लागि अभियानसहित जनचेतनामूलक अभियान चलाउन लागिरहेका छौँ”, उनले भने,“छाउगोठ राख्नेलाई पालिकाले दिने सामाजिक सुरक्षाभत्ता, सिफारिसलगायत सेवा सुविधामा रोक लगाउँछौँ ।”
उनले प्रशासनसँग छलफल गरेर छाउगोठ नभत्काउने परिवारलाई विद्युत् सेवाबाटसमेत वञ्जित गराउने तयारी भइरहेको बताए । गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया दमाईंको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण