समाचार
मुग्लिन–नारायणगढ सडकमा गुडिरहेको कारमा ढुङ्गा खस्यो, ३ जना घाइते
आइतबार, ०४ साउन २०८२, १५ : ४८
सारांश
- मुग्लिन-नारायणगढ सडक खण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको घटना घटेको छ।
- दुर्घटनामा ३ जना घाइते भएका छन्, जसमा भारतीय नागरिकहरु समावेश छन्।
- घाइतेहरुको मुग्लिन स्थित जनता अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक मुग्लिन तर्फ जाँदै गरेको युपी–८० जिपी २९२८ नम्बरको भारतीय कारमा ढुङ्गा खसेर लागेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा कार चालक भारत घर भएका ४२ वर्षीय रतेन्द्र यादव, कारमा सवार ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव छन् । उनीहरूको मुग्लिन स्थित जनता अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण