बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘डन ३’ मा भिलेनको रूपमा ‘बिग बोस १८’ विजेता करणको इन्ट्री

आइतबार, ०४ साउन २०८२, १५ : ४३
आइतबार, ०४ साउन २०८२

सारांश

  • फरहान अख्तरको फिल्म 'डन ३' मा विक्रान्त मेसीले छाडेपछि, करण वीर मेहरा खलपात्रको भूमिकामा देखिने चर्चा छ ।
  • रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्ममा कियारा आडवाणीले छाडेपछि कृति सेननलाई कास्ट गरिएको छ ।
  • करण वीर मेहरा 'बिग बोस १८' का विजेता हुन् र उनले आगामी फिल्म 'सिला' मा खलनायकको भूमिका निभाएका छन् ।

नयाँ दिल्ली । फिल्म निर्माता तथा अभिनेता फरहान अख्तरको बहुप्रतिक्षित फिल्म ‘डन ३’ केही समययता हेडलाइनमा छाइरहेको छ ।

कहिले फिल्मको छायांकनको अपडेट त कहिले कास्टिङमा हेरफेरका समाचार आइरहेका छन् । केहीअघि फिल्ममा खलनायकको भूमिकामा कास्ट गरिएका विक्रान्त मेसीले प्रोजेक्ट छोडेको खबर आएको थियो । अब मेकरहरूले मेसीको ठाउँमा टीभीका चर्चित अभिनेतालाई खलनायकको रुपमा कास्ट गर्ने योजना बनाएको खबर आएको छ । 

आफ्नो चरित्रमा गहिराइ नभएको भन्दै केही दिनअघि मेसीले फिल्म छोडेको बताइएको थियो । फिल्मको छायांकन चाँडै सुरु हुनै लाग्दा मेसी फिल्मबाट बाहिरिएपछि निर्माताहरू तनावमा थिए । उनको ठाउँमा दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा वा आदित्य रोय कपूरलाई कास्ट गरिने समाचार पनि आएका थिए । फिल्मसँग सम्बन्धित अर्को नयाँ अपडेटअनुसार फरहान अख्तरले ‘बिग बोस १८’का विजेता करण वीर मेहरालाई खलपात्रको भूमिकामा खेलाउने योजना बनाइरहेका छन् । 

सम्भावित खलनायकको सूचीमा मेहरा शीर्ष स्थानमा रहेको बताइएको छ । फिल्मसँग सम्बन्धित स्रोतहरूले मेहरा फाइलन भए नभएको पुष्टि गरेको छैन । तर उनीबारे निश्चित रूपमा सोचिएको बताइएको छ । अभिनेताले आफ्नो आगामी फिल्म ‘सिला’का लागि आफूमा व्यापक ट्रान्सफर्मेसन गरेका थिए । उनको यो कार्यबाट उद्योगका मानिसहरू निकै प्रभावित भएको भनिएको छ । 

को को छन् डन ३ मा ? 

डन ३ को कास्टिङ दर्शकका लागि रहस्य बनेको छ । रणवीर सिंह बाहेक मुख्य अभिनेत्रीको टुङ्गो लागेको छैन । यसअघि कियारा आडवाणीलाई रणवीरको विपरीत कास्ट गरिएको थियो । तर गर्भधारणका कारण उनले  फिल्म छाडिन् । उनको ठाउँमा कृति सेननलाई कास्ट गरिएको खबर आएको छ । 

फिल्ममा अब भने करण वीर मेहराको इन्ट्री भएको हो । मेहरा केही फिल्ममा देखिए पनि उनले खासै सफलता पाएनन् । छिट्टै उनी हर्षवर्धन राणे र सादिया खतिबोसँग फिल्म 'सिला'मा देखिनेछन । यस फिल्ममा उनले खलनायकको भूमिका निर्वाह गरेका छन् ।

रणवीर सिंहको अगाडि उनलाई खलनायकको भूमिकामा देख्न पाउनु दर्शकका लागि पनि रोचक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप