साउदी अरबका ‘स्लिपिङ प्रिन्स’ को निधन
सारांश
- साउदी राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको २० वर्षपछि निधन भयो, उनी कोमामा थिए।
- २००५ मा लन्डनमा दुर्घटनामा परेपछि उनी कोमामा गएका थिए, र बेलायती सैन्य एकेडेमीमा अध्ययनरत थिए।
- उनलाई बचाउन धेरै प्रयासहरू गरिए तापनि, उनी कहिल्यै ब्यूँतिन सकेनन्, र उनको निधनले सामाजिक सञ्जालमा शोक छाएको छ।
जेद्दाह । साउदी अरबका ‘स्लिपिङ प्रिन्स’ अल वालिद बिन खालिद बिन तलाल अल साउदको मृत्यु भएको छ । २० वर्षसम्म कोमामा रहेका उनी अन्ततः जुलाई १९ मा कहिल्यै उठ्न नसक्ने गरी निदाएका छन् ।
२००५ मा १५ वर्षको उमेरमा लन्डनमा दुर्घटनाको शिकार भएपछि उनी कोमामा गएका थिए । त्यतिबेला उनी बेलायतको एउटा सैन्य एकेडेमीमा पढिरहेका थिए । जीवन र मृत्युसँगको २ दशकसम्मको लडाई अन्ततः उनले हारेका छन् ।
उनलाई बचाउने अमेरिका, स्पेन र साउदी विशेषज्ञहरूको अथक प्रयास असफल भएको छ । यस अवधिमा उनको आँखाको चाल र कुरानको पाठ गर्दा शरीरले देखाउने हल्का प्रतिक्रियाहरूका कारण उनी ब्युँतिन्छन् कि भन्ने आशा बढेको थियो ।
उनी साउदी शाही परिवारका एक प्रमुख सदस्य राजकुमार खालिद बिन तलालका छोरा थिए । आफ्नो छोराको अवस्थालाई लिएर तलाल कहिल्यै निराश भएका थिएनन् । चिकित्सा विशेषज्ञहरूले उनलाई बारम्बार कोमामा गएका राजकुमारलाई भेन्टिलेटरबाट हटाउन सल्लाह दिएका थिए ।
तर उनले कहिल्यै उनीहरूको कुरा सुनेनन् । वर्षौंसम्म उनले हरेक दिन आफ्नो छोराको छेउमा बसेर प्रार्थना गरे, कुरान पढे र उनी बाँच्ने आशालाई जीवित राखे । तर यस्तो कहिल्यै भएन ।
राजकुमारको मृत्युको खबर सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । हजारौँ मानिसहरूले यस दुखद क्षणमा आफ्नो श्रद्धाञ्जली, भावना र प्रार्थनाहरू दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण