बंगालदेशसँग स्तब्ध बन्यो पाकिस्तान
सारांश
- बंगलादेशले टी-२० शृङ्खलाको पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्यो।
- पाकिस्तानले दिएको १११ रनको लक्ष्य बंगलादेशले १५.३ ओभरमा पूरा गर्यो, परभेज होसेन इमोनले अर्धशतक बनाए।
- तास्किन अहमदको उत्कृष्ट बलिङ र फखर जमानको ४४ रनको योगदान पाकिस्तानका लागि पर्याप्त भएन।
काठमाडौँ । टी–२० शृङ्खलाको पहिलो खेलमा बंगलादेशले पाहुना टोली पाकिस्तानलाई सजिलै हराएको छ । आइतबार मिरपुरमा खेलिएको खेलमा बंगलादेश ७ विकेटले विजयी बनेको हो ।
पाकिस्तानले प्रस्तुत गरेको १११ रनको लक्ष्य बंगलादेशले मात्र १५.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि परभेज होसेन इमोनले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ३ चौका र ५ छक्काको मद्दतले ५९ रन जोड्दै नटआउट रहे ।
तोहिद हृदोयले ३७ बलमा ३६ रन बनाउँदै उनलाई राम्रो साथ दिए । त्यस्तै, जाकेर अलिले १० बलमा ३ चौकाको मद्दतले १५ रन बनाए । उनी पनि नटआउट रहे । पाकिस्तानका लागि सलमान मिर्जाले २ विकेट तथा अब्बास अफ्रिदीले १ विकेट लिए ।
यसअघि, तास्किन अहमदले घातक बलिङ गरेपछि पाकिस्तान १९.३ ओभरमा मात्र ११० रनमा सीमित बनेको थियो । अहमदले ३.३ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चेर ३ विकेट लिए ।
पाकिस्तानका लागि ओपनर फखर जमानले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
अब्बास अफ्रिदीले २३ बलमा २२ रन तथा खुसदिल शाहले २३ बलमा १७ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बंगलादेशकालागि मुस्तफिजुर रहमानले २ विकेट लिए भने मेहदी हसन र तान्जिम हसन शाकिबले १–१ विकेट लिए ।
जीतसँगै बंगलादेशले ३ खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब दोस्रो टी–२० खेल मंगलबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण