धरहरा चढ्ने दोब्बरले बढे
काठमाडौँ । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । यही साउन १ गतेदेखि बिहान ८ः०० देखि बेलुकी ८ः०० बजेसम्म धरहरा खुल्ला गरिएको छ ।
समय थप भएपछि यहाँ आउनेको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
“बिहान ८ः०० देखि बेलुकी ७ः०० बजेसम्म टिकट खुल्छ । समय थप हुँदा निकै राम्रो भएको छ । यहाँ आउनेहरू विगतमा निकै बढेका छन्”, उनले भने ।
त्यसअघि दैनिक बिहान १०ः०० देखि बेलुका ४ः०० बजेसम्म मात्र धरहरा खुला हुने गरेको थियो । त्यसबेला दैनिक करिब एक हजार २०० ले अवलोकन गर्ने गरेकामा पछिल्लो तीन दिनमा आठ हजार ६३८ जनाले अवलोकन गरेका छन् ।
साउन १ गते दुई हजार ५००, २ गते दुई हजार ६३१ र ३ गते तीन हजार ५०७ जनाले धरहरा अवलोकन गरेका राईले बताए । उनका अनुसार साउन १ देखि ३ गतेसम्ममा रु १५ लाख ५६ हजार ६५० सङ्कलन भएको छ ।
विसं २०८१ मङ्सिरदेखि २०८२ असार मसान्तसम्ममा रु पाँच करोड १२ लाख ६२ हजार ९९५ सङ्कलन भएको एकाइले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण