बक्स अफिसमा 'सैयारा' को क्रेज, दुई दिनमै ४८.२५ करोड भारु कमायो
सारांश
- अहान पाण्डे र अनीत पड्डाको फिल्म 'सैयारा' ले रिलिजको दुई दिनमै ४८.२५ करोड भारु कमाएको छ।
- फिल्मले पहिलो दिन २२ करोड र दोस्रो दिन २६.२५ करोड रुपैयाँ कमाएको छ, र युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ।
- विश्लेषकहरूका अनुसार, फिल्मले भारतमा २०० करोड र विश्वव्यापी रूपमा २५० करोड भारु कमाउने सम्भावना छ।
मुम्बई । नवकलाकार अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म 'सैयारा' ले रिलिजको दुई दिनमै ४८.२५ करोड भारुको प्रभावशाली कमाइ गरेको छ। फिल्मले पहिलो दिन २२ करोड र दोस्रो दिन २६.२५ करोड रुपैयाँ कमाएको छ।
फिल्म १८ जुलाई २०२५ मा विश्वव्यापी रूपमा रिलिज भएको हो। पहिलो दिन केही मल्टीप्लेक्सहरूले स्क्रिन सङ्ख्या बढाएपछि कलेक्सनको विवरण परिमार्जन गरिएको थियो।
फिल्मले समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाए पनि युवापुस्ता माझ यसको लोकप्रियता तीव्र रूपमा बढिरहेको देखिएको छ। सोसल मिडियामा फिल्म हेरेर रुने दर्शकहरूका भिडियोहरू भाइरल भइरहेका छन्। एक भिडियोमा एक युवतीले आफ्ना बेस्ट फ्रेन्डलाई फिल्म हेर्दा हेर्दै प्रपोज गरेको दृश्य देखिएको दाबी गरिएको छ।
शनिबार मात्र फिल्मले बुक माई शो प्लेटफर्ममा ५ लाखभन्दा बढी टिकट बेच्यो। रातसम्म यो सङ्ख्या ७ लाख पुगेको थियो, जुन वर्तमान समयमा निकै दुर्लभ उपलब्धि मानिन्छ।
फिल्म ट्रेड विश्लेषक आमिर अन्सारी का अनुसार 'सैयारा' को सफलता धेरै हिसाबले ऐतिहासिक बन्ने देखिएको छ। उनले फिल्मले भारतमै २०० करोड भारु नेट कमाउने क्षमता राख्ने बताउँदै, विश्वव्यापी रूपमा २५० करोड पार गर्न सक्ने प्रक्षेपण गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण