पुष्पलाल स्मृति दिवसको अवसरमा घनश्याम, विप्लव र जनार्दनले बहस गर्ने
सारांश
- पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसमा विशेष कार्यक्रम आयोजना हुँदैछ ।
- कार्यक्रममा नेकपाका नेताहरू घनश्याम भुसाल, नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्मा प्रभाकर वक्ताका रूपमा रहनेछन् ।
- कार्यक्रममा वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलनबारे बहस हुनेछ, जसमा वैचारिक विचलनबारे चर्चा हुनेछ ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । ‘स्कुल अफ मार्क्सिजम’को आयोजनामा मङ्गलवार (भोलि) दिउँसाे १ः ३० बजे राष्ट्रियसभा गृहमा कार्यक्रम हुनेछ । ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम हुने आयोजकले जनाएको छ ।
वक्ताहरूमा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा(माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा प्रभाकर सहभागी हुनेछन् । कार्यक्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनको चुनौती र आगामी कार्यदिशाबारे बहस हुने आयोजकले जनाएको छ ।
कम्युनिस्ट पार्टीहरूमा पछिल्लो समय देखिएको वैचारिक, राजनीतिक विचलन, अस्पष्ट कार्यदिशा तथा सत्ता र शक्तिको स्वार्थका कारण पार्टी निर्माणमा देखिएको असरबारे वक्ताहरूले प्रस्ट पार्नेछन् । तीन वटा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको उपस्थितिलाई विशेष महत्वले हेरिएको छ ।
पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । २०१९ सालमा भएको तेस्रो महाधिवेशनबाट कम्युनिस्ट पार्टी छिन्नभिन्न भएपछि उनले २०२८ सालमा फेरि पुनर्गठन गर्ने प्रयास गरे तर सफल हुन सकेन । २०३५ साल साउन ७ गते पुष्पलालको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण