चौकीदार नियुक्तिमा असन्तुष्ट कैदीबन्दीले गृहमन्त्रीलाई पठाए पत्र
सारांश
- कास्की कारागारका कैदीबन्दीहरूले नयाँ चौकीदार नियुक्ति विरुद्ध आन्दोलन गरेका छन्।
- कैदीबन्दीहरूले गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै अजय गुरुङको नियुक्ति खारेज गर्न माग गरेका छन्।
- आर्थिक चलखेलको आशंका गर्दै छानबिन र दोषीलाई कारबाहीको माग सहित अनिश्चितकालीन आन्दोलनको चेतावनी दिइएको छ।
पोखरा । कास्की कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरू चौकीदार नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले कारागार व्यवस्थापन विभागद्वारा नियुक्त नयाँ चौकीदार मान्य नहुने भन्दै आइतबार कारागारभित्रै प्रदर्शन र नाराबाजी गरेका थिए ।
सोही सन्दर्भमा कैदीबन्दीहरूले निर्णय सच्याउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । विभागले अजय गुरुङलाई चौकीदारमा नियुक्त गरेकोमा उनीहरूको आपत्ति छ । उनीहरूले प्रकाश गुरुङलाई चौकीदार बनाउनुपर्ने माग राखेका छन् ।
विभागले कारागार कार्यालय कास्कीको सिफारिसका आधारमा नयाँ चौकीदार नियुक्त गरेको हो । कार्यालयले प्रकाश र अजयसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।
सोमबार ‘क’ ब्लकका १६६ जना कैदीबन्दीले हस्ताक्षर गरी गृहमन्त्रीलाई मागपत्र पठाएका हुन् । अजय गुरुङले कारागारका बन्दीहरूको हकहित तथा सुरक्षा गर्न नसक्ने, निजको कार्यशैली निरङ्कुश तथा पक्षपातपूर्ण रहेको र बन्दीहरूको आर्थिक शोषण हुने भएकाले उनको नियुक्ति खारेज गरी प्रकाश गुरुङलाई चौकीदार पदमा नियुक्त गरियोस् भन्दै कैदीबन्दीले गृहमन्त्रीलाई मागपत्र पठाएका हुन् ।
चौकीदार नियुक्तिमा ठुलो आर्थिक चलखेल भएको आशंका गर्दै उक्त प्रक्रियाको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि कैदीबन्दीले माग गरेका छन् । आफ्नो माग पूरा नभएसम्म अनिश्चितकालीन सिदा बहिष्कार, आमरण अनसन लगायतका आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
मागपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल पत्रकार महासंघ लगायतका ८ निकायलाई दिइएको छ । आइतबार कैदीबन्दीले नाराबाजीसहित कारागारभित्रै टायर बालेर प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण