यूएईमा गुञ्जँदै नवीन र सुशीला
काठमाडौंँ । लोक गायन नविन पौडेल र गायिका सुशीला गौतमले यो तीजमा यूएईका दर्शक नचाउने भएका छन् । बर्रदुबईस्थित क्लब एसके सेभेन हलमा आयोजना हुने ‘तीज सांस्कृतिक कार्यक्रम २०८२’मा यी दुईले सांगीतिक प्रस्तुति दिने भएका हुन् ।
नेपाली लोककला, संस्कृति र परम्परा प्रवासमा पनि जगेर्ना गर्ने उद्देश्यले ‘पाल्पाली समाज यूएईले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । २७ जुलाईमा आयोजना हुने कार्यक्रममा त्यहाँ रहेका गायक गायिकाको पनि प्रस्तुति रहनेछ ।
कार्यक्रममा आफूले चर्चित गीतहरू ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘हर हर बासना’, ‘कस्ले माया गर्छ तिम्लाई मैले जत्ति’, ‘बुलाँकी झुम्काना’, ‘बोल्नै पर्छ ओइ यही तीजको मौका’ लगायत गाउने गायक पौडेलले बताए ।
गायिका सुशिलाले भने ‘सुनौलीको सारी’, ‘हुन्न नाइ नभने’, ‘गुल्मी चन्द्रकोट’, ‘माइतीको माया’ लगायतका गीत प्रस्तुत गर्नेछिन् ।
कार्यक्रम संगीत, नृत्य र नेपालीपनले भरिपूर्ण सांस्कृतिक उत्सव हुने आयोजक पाल्पाली समाज यूएईका संस्थापक अध्यक्ष खुम बहादुर आलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण