पब्जी मोबाइल ई स्पोर्ट्स वर्ल्डकप खेल्न ‘होर ई स्पोर्ट्स’को बिदाइ
सारांश
- ई स्पोर्ट्स संघ नेपालले पब्जी मोबाइल ई स्पोर्ट्स वर्ल्डकप खेल्ने नेपाली टिम होर ई स्पोर्ट्सलाई बिदाइ गरेको छ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव र संघका अध्यक्षले खेलाडी तथा अफिसियललाई शुभकामना दिएका थिए।
- साउदी अरबमा हुने प्रतियोगितामा होर ई स्पोर्ट्स एक्लो टिमको रूपमा छनोट भएको छ।
काठमाडौँ । ई स्पोर्ट्स सङ्घ नेपाल (ईशान) ले पब्जी मोबाइल ई स्पोर्ट्स वर्ल्डकप खेल्ने नेपाली टिम होर ई स्पोर्ट्सको सोमबार बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा सोमबार एक कार्यक्रमको आयोजना गरेर साउदी अरबमा हुने ई स्पोर्ट्स वर्ल्डकप खेल्ने नेपाली टिम होर ई स्पोर्ट्सको बिदाइ गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र सङ्घका अध्यक्ष अञ्जन धमलाले खेलाडी तथा अफिसियलको बिदाइ गरेका थिए । खेलाडी तथा अफिसियललाई शुभकामना दिँदै सदस्य सचिव घिसिङले ई स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन शुभकामना दिए ।
उनले विदेशी भूमिमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरूले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । सङ्घका अध्यक्ष अञ्जन धमलाले ई स्पोर्ट्सको अन्तर्राष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।
पब्जी टिममा खेलाडीको रूपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन् । म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् । साउदी अरबमा जुलाई २५ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई स्पोर्ट्स एक्लो टिमको रूपमा छनोट भएको हो ।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर विश्वकपमा छनोट भएको थियो । झन्डै ४१ करोड रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण