गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने
सोमबार, ०५ साउन २०८२, २० : ३५
गोरखा । गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । आर्थिक वर्ष २०८२/०८३ सुरु भएसँगै भू–उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नगर्दा गोरखा नगरपालिका, चुमनुब्री, धार्चे, सिरानचोक र भीमसेनथापा गाउँपालिकामा जग्गाको कित्ताकाट रोकिएको हो ।
मालपोत कार्यालयले ती पालिकाको कित्ताकाट नहुने भएपछि जग्गा खरिदबिक्री पनि रोकिएको जनाएको छ । जिल्लाका ६ पालिकाले भने आधार तथा मापदण्ड, नक्सा अद्यावधिकलगायतका काम सम्पन्न गरिसकेका छन् ।
पालुङटार नगरपालिका, अजिरकोट, बारपाक सुलिकोट, आरुघाट, सहिदलखन र गण्डकी गाउँपालिकाले जग्गा वर्गीकरणको काम सम्पन्न गरेका हुन् ।
जग्गा वर्गीकरण गरिसकेका पालिकाको हकमा खरिदबिक्रीमा कुनै समस्या नआउने प्रमुख मालपोत अधिकृत जगदीश मिश्रले बताए । अन्यको हकमा भने खरिदबिक्रीको काम रोकिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण