साफ यू–२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा चुक्यो नेपाल
सारांश
- साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ४-० गोलले पराजित भयो।
- प्रतियोगितामा बंगलादेशसँग नेपाल लगातार दोस्रो पटक पराजित भयो।
- नेपालले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्यो, बंगलादेशले उपाधि जित्यो।
काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्धको निर्णायक खेलमा नेपाल पराजित भएको छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा भए खेलमा नेपाल ४–० गोलले पराजित भएको हो ।
नेपाल प्रतियोगितामा बंगलादेशसँग लगातार दोस्रोपटक पराजित बन्यो । यसअघि नेपाल आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो ।
नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको थियो । सुरुवातमा सम्हालिन नसकेको नेपाल आठौँ मिनेटमा नै पछि परेको थियो । मोसामोत सागोरिकाले घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् । नेपालले दोस्रो हाफमा थप ३ गोल खानपुग्यो ।
५१ औँ मिनेटमा सागोरिकाले दोस्रो गोल थपिन् । ५७ औँ मिनेटमा उनले ह्याट्रिक पूरा गरिन् । ७७ औँ मिनेटमा उनले नै चौथो गोल गरिन् ।
यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइएको थियो । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहेको बंगलादेश च्याम्पियन बन्न सफल भयो ।
नेपाल ६ खेलबाट १२ अङ्कसहित तालिकामा दोस्रो स्थानमा सीमित रह्यो । आयोजक बंगलादेश ६ खेलबाट १८ अङ्क बटुल्दै शीर्ष स्थान ओगट्यो ।
पछिल्लो खेलमा भने नेपालले भुटानमाथि गोल वर्षा गरेको थियो । नेपालले ८–० गोलले जित हात पारेको थियो । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो ।
नेपालले श्रीलङ्काविरुद्ध पनि शानदार जित हात पारेको थियो । बिहीबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी बन्यो । गत मंगलबार भएको खेलमा नेपाल समान ७–० को विशाल अन्तरले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण